१. नेपाल पैसा पठाउँन अहिलेको विनिमय दर (रेट) कति छ ?
नेपालको लागि पैसा पठाउँने विनिमय दर थाहा पाउँन, कृपया हाम्रो फेसबुक पेज brastelnepal हेर्नुहोस ।
२. पैसा पठाउँदा विनिमय दर कसरी लागू हुन्छ ?
जुन दिन र समयमा रेमिटेन्स रिक्वेस्ट प्रोसेस हुन्छ, त्यही बेलाको विनिमय दर लागू हुनेछ । कृपया ध्यानमा राख्नुहोस कि रेमिटेन्स रिक्वेस्ट गर्दा देखाइएको विनिमय दर रिफ्रेन्सको लागि मात्र हो र यो वास्तविक दर भन्दा फरक हुनसक्छ ।
३. प्राप्तकर्ताले पैसा पाउन कति समय लाग्छ ?
- बैंक खाता डिपोजिटः १ देखि ३ कार्यदिवस
- एजेन्टबाट नगद संकलनः प्राय तुरून्तै हुन्छ (केहि परिस्थितिहरूले गर्दा कहिलेकाँही ३ घण्टासम्म लाग्न सक्छ) ।
४. नेपाल पैसा पठाउँन कति शुल्क लाग्छ ?

५. मैले एक पटकमा कति पैसा पठाउँन पाउँछु ?
- एक पटकमा पठाउँन मिल्ने न्यूनतम रकम - ¥१,०००
- एक पटकमा पठाउँन मिल्ने अधिकतम रकम - ¥८००,००० वा रू ७८०,००० जुन पहिले आउँछ त्यही
- एक दिनमा पठाउँन मिल्ने अधिकतम रकम - ¥१,०००,००० (दश लाख)
ठूलो रकम/बारम्बार रेमिटेन्सहरू गरेको अवस्थामा ती रेमिटेन्सको प्रकृतिबारे थप विवरणहरू पुष्टि गर्न हामी कस्टमरलाई सम्पर्क गर्न सक्छौं । त्यहाँ थप कागजातहरू आवश्यक पर्न सक्ने मामिलाहरू हुनेछन् ।
६. सिस्टममा मैले मेरो बैंकको शाखा भेटिन, के गर्ने होला ?
तपाईले एप्पबाटै बैंकको शाखा थप गर्नलाइ रिक्वेस्ट गर्न सक्नुहुन्छ । त्यसको लागि होम > प्राप्तकर्ता थप्नुहोस मा जानुहोस । अब जानकारीहरू भर्नुहोस र थिच्नुहोस शाखा राखिएको छैन ? तपाईको रिक्वेस्ट १ देखि ३ कार्यदिवस भित्र प्रोसेस हुनेछ ।
७. के अरू देशहरूबाट जापानमा पैसा पठाउँन मिल्छ ?
मिल्दैन, हाललाई जापानबाट अन्य देशहरूमा पैसा पठाउँने सेवा उपलब्ध छैन ।
८. पैसा गए नगएको मैले कसरी थाहा पाउने ?
तपाईको कारोबार स्ट्याटस “पठाइँदैछ” भनेर देख्नु हुनेछ । त्यसको मतलब हामी तपाईको रिक्वेस्ट प्रोसेस गर्दैछौं ।
९. के मैले धेरैजना प्राप्तकर्ताहरू दर्ता गराउन सक्छु ?
सक्नुहुन्छ, तपाईले एकभन्दा धेरै प्राप्तकर्ताहरू दर्ता गराउन सक्नुहुन्छ । अनि हाम्रो एप्प वा वेबसाइट मार्फत तपाईले कुनै पनि बेला तपाईको प्राप्तकर्ताको जानकारी फेरबदल पनि गर्न सक्नुहुन्छ ।
१०. के पैसा पठाउँन मलाई ब्रास्टेल रेमिट डिपोजिट कार्ड आवश्यक पर्छ ? कार्ड कसरी बनाउने ?
अहँ, पैसा पठाउँन तपाईलाई कार्ड आवश्यक पर्दैन तथापि कार्डले पैसा पठाउँन सजिलो बनाउँछ । हामीसँग दर्ता हुनु भएपछि तपाईले दर्ता गराउनु भएको ठेगानामा एउटा यूचो डिपोजिट कार्ड पठाइँनेछ ।
११. के मैले ट्याक्स प्रकृयाहरूको लागि मेरो कारोबारको बिवरण प्राप्त गर्न सक्छु ?
सक्नुहुन्छ, तपाईले आफ्नो रेमिटेन्सको स्टेट्मेन्ट एप्पबाटै प्रिन्ट वा सेयर गर्न सक्नुहुन्छ । त्यसको लागि मेनु > ट्रान्ज्याक्सन हिस्ट्री > रेमिटेन्स स्टेट्मेन्ट प्रिन्ट गर्नुहोस मा जानुहोस ।
१२. आय श्रोतको कागजात कहिले पेश गर्नुपर्छ ? के के कागजातहरू आवश्यक पर्छ ?
नेपाल राष्ट्र बैंकको नियमनुसार कुनै एउटा बैंक खातामा एकै दिनमा एक वा धेरै श्रोतहरूबाट रूपैया दश लाख वा सो भन्दा बढी रकम डिपोजिट भएमा, पठाउँने व्यक्तिले गन्तब्यको बैंकलाई आय श्रोत खुलाउने कागजातहरू पेश गर्नुपर्छ । आवश्यक कागजातहरूः पासपोर्ट (व्यक्तिगत जानकारी भएको पाना) को प्रतिलिपि, रेसिडेन्स कार्ड (दुवै साइड)को प्रतिलिपि र बैंक पासबुक (नाम र कारोबार गरेको पाना) को प्रतिलिपि ।
१३. के मैलै धेरै समयसम्म कारोबार नगरेमा मेरो सदस्यता खारेज हुन्छ ?
हो, यदि तपाईले दुई वर्षसम्म पनि कुनै कारोबार गर्नु भएन भने तपाईको खाता स्वतः खारेज हुन्छ ।
१४. सम्पर्क गर्नलाई कार्यालयहरू कहाँ कहाँ छन् ?
हाम्रो अफिसहरू र प्रतिनिधिहरूको ठेगानाको लागि कृपया हाम्रो वेबसाइट हेर्नुहोसः https://brastelremit.jp/nep/counter
१५. पठाएको पैसा नेपालमा कहाँ कहाँबाट लिन मिल्छ ?
पठाउँनु भएको पैसा, नेपालमा हाम्रो एजेन्टहरू सिजी मनी रेमिट र नबिल रेमिटसँग जोडिएका बैंक तथा वित्तिय संस्थाहरूबाट प्राप्त गर्न सक्नुहुन्छ ।
१६. के ब्रास्टेल रेमिटमा भएको ब्यालेन्स फिर्ता लिन मिल्छ ?
तपाईको ब्यालेन्समा भएको पैसा फिर्ता लिन मिल्छ । पैसा फिर्ता माग्न मेनु > मेरो खाता > रकम फिर्ता मा जानुहोस । नोट गर्नुहोस कि यसको लागि तपाईले ¥७५० तिर्नु पर्छ ।
२०२०/०९/१७ सम्म सूचीकृत नेपालको बैंक तथा वित्तिय संस्थाहरूको सूचीः
- आइ.सि.एफ.सि फाइनाइन्स लि.
- एक्सेल डेभलपमेन्ट बैंक
- एन आइ सी एशिया बैंक लि.
- एभरेष्ट बैंक लि.
- एनएमबि बैंक लि.
- कृषि विकास बैंक लि.
- कामना सेवा विकास बैंक
- कुमारी बैंक लि.
- ग्लोबल आइएमइ बैंक लि.
- गरिमा विकास बैंक
- गुर्खाज फाइनाइन्स
- ज्योति विकास बैंक
- जानकी फाइनाइन्स कम्पनी लि.
- तिनउ मिसन डेभलपमेन्ट बैंक लि.
- नबिल बैंक लि.
- निर्धन उत्थान बैंक लि.
- नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. (एनसीसी बैंक)
- नेपाल बैंक लि.
- नेपाल बङ्गलादेश बैंक लि.
- नेपाल फाइनाइन्स लि.
- नेपाल एसबिआइ बैंक लि.
- नेपाल इन्भेष्टमेण्ट बैंक लि.
- प्रभु बैंक लि.
- प्राइम कमर्सियल बैंक
- बैंक अफ काठमाडौं लि.
- महालक्षमी विकास बैंक
- माछापुच्छ्रे बैंक लि.
- मितेरी डेभलपमेन्ट बैंक
- मुक्तिनाथ विकास बैंक
- मेघा बैंक नेपाल लि.
- राष्ट्रिय वाणिज्य बैंक लि.
- रिलायन्स फाइनाइन्स लि.
- लक्षमी बैंक लि.
- लुम्बिनी विकास बैंक
- स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लि.
- सनराइज बैंक लि.
- सप्तकोशी डेभलपमेन्ट बैंक
- सानिमा बैंक लि.
- सांग्रिला डेभलपमेन्ट बैंक लि.
- सिध्दार्थ बैंक लि.
- सिन्धु विकास बैंक लि.
- सिटिजन्स बैंक इन्टरनेसनल लि.
- सिभिल बैंक लि.
- सेन्ट्रल फाइनाइन्स लि.
- सेन्चुरी बैंक नेपाल
- शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लि.
- हिमालयन बैंक लि.
ब्रास्टेल रेमिट कस्टमर सर्भिस - टोल फ्रीः ०१२०-९८३-४५१ • मोबाइल फोनबाटः ०३-६८६९-४८६१
सोम. - शुक्रः ९:३० देखि १८:३० सम्म / शनिः १०:०० देखि १८:०० सम्म • आइतबार र सार्वजनिक बिदाहरूमा बन्द । फेसबुकः BrastelNepal (https://www.facebook.com/BrastelNepal/)
FAQ 20 -20241122
Help Center