1.3 [APP]ब्रास्टेल रेमिट एप्पबाट कसरी दर्ता हुने(NFC भएको डिभाइसमा जाइरियुकार्ड प्रयोग गरी)
2 min. readlast update: 04.16.2024
१. ब्रास्टेल रेमिट एप्प खोलेर खाता खोल्नुहोस थिच्नुहोस
२. चेकबक्सहरूमा चिन्ह लगाएर नियम तथा शर्तहरू स्वीकार गर्नुहोस र अर्को थिच्नुहोस
३. तपाईको इमेल ठेगाना दुई पटक र पासवर्ड दुई पटक राख्नुहोस र पक्का गर्नुहोस थिच्नुहोस
महत्वपूर्णः तपाईको पासवर्ड सुरक्षित राख्नुहोस
४. तपाईले इमेलमा प्राप्त गर्नुभएको "प्रमाणिकरण कोड" राख्नुहोस
५. "तपाईको इमेल ठेगाना प्रमाणित भयो" भनिएको स्क्रिनमा, अर्को थिच्नुहोस
६. तपाईको राष्ट्रियतामा गैर-जापानी रोज्नुहोस
७. जानकारी पढ्नुहोस र अर्को थिच्नुहोस
८. तपाईको जाइरियु कार्ड नम्बर राख्नुहोस र अर्को थिच्नुहोस
९. निर्देशनहरू पढ्नुहोस र तपाईको जाइरियु कार्डको NFC चिप स्क्यान गर्न सुरू गर्नुहोस थिच्नुहोस ।
NFC रिडरः NFC रिडरले आईडी राखेको थाहा पाओस भन्नको लागि, तपाईले आईडी डिभाइसको NFC रिडरमा राख्नु पर्छ र सफलतापूर्वक पढ्न पूरा नभएसम्म त्यहि राखिराख्नु पर्छ (प्रकृया पूरा हुन केहि मिनेट लाग्न सक्छ) ।
※ तपाईले आईडीलाई टेबलमा भन्दा पनि आफ्नो हत्केलामा राख्नु पर्छ ।
१०. अर्को थिच्नुहोस
११. जानकारी पढ्नुहोस र अर्को थिच्नुहोस
१२. निर्देशनहरू पढ्नुहोस र तपाईको जाइरियु कार्डको पछाडि भागको फोटो खिच्नको लागि फोटो खिच्नुहोस थिच्नुहोस
१२.१. जाइरियु कार्डको पछाडीको भागलाई फ्रेम भित्र पार्नुहोस
१३. फोटो धमिलो नभएको वा फ्ल्यासले नटल्केको वा नकाटिएको पक्का गर्नुहोस र अर्को थिच्नुहोस । फोटो फेरि खिच्नु परेमा, फोटो फेर्नुहोस थिच्नुहोस
१४. तपाईको अनुहारको फोटो खिच्नको लागि फोटो खिच्नुहोस थिच्नुहोस
१५. जब तपाईको अनुहार ठीक ठाउँमा र फोकसमा आउँछ तब फोटो स्वचालित रूपमा आफैं खिचिने छ ।
११. फोटो धमिलो नभएको वा नकाटिएको पक्का गर्नुहोस र अर्को थिच्नुहोस । फोटो फेरि खिच्नु परेमा, फोटो फेर्नुहोस थिच्नुहोस
१७. तपाईको पेशा रोज्नुहोस र आफ्नो टेलिफोन नम्बर राख्नुहोस । अर्को थिच्नुहोस
१८. ४-अंकको पिन नम्बर सेट गर्नुहोस । अर्को थिच्नुहोस
महत्वपूर्णः तपाईको पिन सुरक्षित राख्नुहोस
१९. जानकारी चेक गर्नुहोस र सहमतिको चेकबक्समा चिन्ह लगाउनुहोस । दर्ता गराउनुहोस थिच्नुहोस
२०. भयो ! तपाईको खाता दर्ता पूरा भएपछि तपाईले आफ्नो एप्पमा एउटा मेसेज प्राप्त गर्नु हुनेछ (लगभग १ देखि ३ कार्यदिवस भित्र)।
महत्वपूर्णः यदि दिइएको अवधी भित्र तपाईको खाता दर्ता नभएमा, एप्पको माथी दायाँ कुनामा रहेको घण्टीको आइकनमा भएको तपाईको नोटिफिकेसनहरू जाँचेर त्यहाँ दिइएको निर्देशनहरूको पालना गर्नुहोस ।