1. ब्रास्टेल रेमिट एप्प खोलेर खाता खोल्नुहोस थिच्नुहोस

2. चेकबक्सहरूमा चिन्ह लगाएर नियम तथा शर्तहरू स्वीकार गर्नुहोस र अर्को थिच्नुहोस


3. तपाईको इमेल ठेगाना दुई पटक र पासवर्ड दुई पटक राख्नुहोस र पक्का गर्नुहोस थिच्नुहोस
महत्वपूर्णः तपाईको पासवर्ड सुरक्षित राख्नुहोस



4. तपाईले इमेलमा प्राप्त गर्नुभएको "प्रमाणिकरण कोड" राख्नुहोस

5. "तपाईको इमेल ठेगाना प्रमाणित भयो" भनिएको स्क्रिनमा, अर्को थिच्नुहोस

6. तपाईको राष्ट्रियतामा गैर-जापानी रोज्नुहोस

7. जानकारी पढ्नुहोस र अर्को थिच्नुहोस

8. जानकारी पढ्नुहोस र अर्को थिच्नुहोस

9. निर्देशनहरू पढ्नुहोस र तपाईको जाइरियु कार्डको अगाडि भागको फोटो खिच्नको लागि फोटो खिच्नुहोस थिच्नुहोस

10. आईडीलाई फ्रेम भित्र पार्नुहोस
* सुझावः पृष्ठभूमि अँध्यारो भएको र छेउछाउमा कुनै धातुका वस्तुहरू नभएको पक्का गर्नुहोला

11. फोटो धमिलो नभएको वा फ्ल्यासले नटल्केको वा नकाटिएको पक्का गर्नुहोस र अर्को थिच्नुहोस । फोटो फेरि खिच्नु परेमा, फोटो फेर्नुहोस थिच्नुहोस

12. निर्देशनहरू पढ्नुहोस र छड्के कोणबाट तपाईको जाइरियु कार्डको फोटो खिच्नको लागि फोटो खिच्नुहोस थिच्नुहोस

12.1. तपाईको डिभाइसलाई ४५ डिग्री झुकाउनुहोस र आईडीलाई फ्रेम भित्र पार्नुहोस
* सुझावः तपाईले कार्डलाई हातले समात्न पनि सक्नुहुन्छ

13. फोटो धमिलो नभएको वा फ्ल्यासले नटल्केको वा नकाटिएको अनि त्यसको मोटाइ देखिएको पक्का गर्नुहोस र अर्को थिच्नुहोस । फोटो फेरि खिच्नु परेमा, फोटो फेर्नुहोस थिच्नुहोस

14.निर्देशनहरू पढ्नुहोस र तपाईको जाइरियु कार्डको पछाडि भागको फोटो खिच्नको लागि फोटो खिच्नुहोस थिच्नुहोस

14.1. जाइरियु कार्डको पछाडीको भागलाई फ्रेम भित्र पार्नुहोस
* सुझावः पृष्ठभूमि अँध्यारो भएको र छेउछाउमा कुनै धातुका वस्तुहरू नभएको पक्का गर्नुहोला

15. फोटो धमिलो नभएको वा फ्ल्यासले नटल्केको वा नकाटिएको पक्का गर्नुहोस र अर्को थिच्नुहोस । फोटो फेरि खिच्नु परेमा, फोटो फेर्नुहोस थिच्नुहोस

16. तपाईको अनुहारको फोटो खिच्नको लागि फोटो खिच्नुहोस थिच्नुहोस

17. जब तपाईको अनुहार ठीक ठाउँमा र फोकसमा आउँछ तब फोटो स्वचालित रूपमा आफैं खिचिने छ ।
18. फोटो धमिलो नभएको वा नकाटिएको पक्का गर्नुहोस र अर्को थिच्नुहोस । फोटो फेरि खिच्नु परेमा, फोटो फेर्नुहोस थिच्नुहोस

19. तपाईको पेशा रोज्नुहोस र आफ्नो टेलिफोन नम्बर राख्नुहोस । अर्को थिच्नुहोस । यदि तपाईसँग कुनै प्रोमोसन कोड छ भने, त्यो राखेर अर्को थिच्नुहोस ।



20. ४-अंकको पिन नम्बर सेट गर्नुहोस । अर्को थिच्नुहोस
महत्वपूर्णः तपाईको पिन सुरक्षित राख्नुहोस


21. जानकारी चेक गर्नुहोस र सहमतिको चेकबक्समा चिन्ह लगाउनुहोस । दर्ता गराउनुहोस थिच्नुहोस


22. भयो ! तपाईको खाता दर्ता पूरा भएपछि तपाईले आफ्नो एप्पमा एउटा मेसेज प्राप्त गर्नु हुनेछ (लगभग १ देखि ३ कार्यदिवस भित्र)।
महत्वपूर्णः यदि दिइएको अवधी भित्र तपाईको खाता दर्ता नभएमा, एप्पको माथी दायाँ कुनामा रहेको घण्टीको आइकनमा भएको तपाईको नोटिफिकेसनहरू जाँचेर त्यहाँ दिइएको निर्देशनहरूको पालना गर्नुहोस ।

Help Center