16. [APP] ब्रास्टेल यूचो कार्ड कसरी प्राप्त गर्ने ?
1 min. readlast update: 06.04.2025
१. ब्रास्टेल रेमिट एप्प खोल्नुहोस
२. मेनु थिच्नुहोस (एप्पको माथी बायाँपट्टी भएको ३ वटा तेर्सो धर्काहरू)
३. पैसा कसरी थप्ने थिच्नुहोस
४. ब्रास्टेल यूचो कार्ड मुनी "थप जानकारी लिएर रिक्वेस्ट गर्नुहोस" थिच्नुहोस
५. जानकारी पढ्नुहोस र "हो, मलाई एउटा यूचो डिपोजिट कार्ड चाहिन्छ" थिच्नुहोस
६. पक्का गर्नुहोस थिचेर आफ्नो ठेगाना पुष्टि गर्नुहोस । ठेगाना अध्यावधिक गर्नु परे, सम्पादन थिच्नुहोस र निर्देशनहरूको पालना गर्नुहोस (कृपया जानकारी राख्नुहोला कि तपाईले आफ्नो परिचय पत्रको फोटो खिच्नु पर्नेछ) ।
७. ठीक छ थिच्नुहोस
८. त्यत्ति हो ! तपाईले केहि दिनमा ब्रास्टेल यूचो कार्ड प्राप्त गर्नु हुनेछ ।