3.1 [APP] प्राप्तकर्ताहरू दर्ता कसरी गर्ने - बैंक खाता
1 min. readlast update: 10.17.2023
१. ब्रास्टेल रेमिट एप्प खोल्नुहोस
२. मेनु थिच्नुहोस (एप्पको माथी बायाँपट्टी भएको ३ वटा तेर्सो धर्काहरू)
३. प्राप्तकर्ताहरू थिच्नुहोस
४. प्राप्तकर्ता थप्नुहोस थिच्नुहोस
५. तपाईको पिन राख्नुहोस
६. प्राप्तकर्ताको जानकारी भर्नुहोस लाई थिच्नुहोस
७. गन्तब्य थिच्नुहोस र गन्तब्य देश रोज्नुहोस
८. डेलिभरी विधिमा बैंक ट्रान्सफर रोज्नुहोस (केहि गन्तब्यहरूमा एउटा मात्र डेलिभरी विधि छ) । बैंकको नाम थिचेर त्यहाँ तपाईको बैंकको नाम राख्नुहोस
९. सूचीबाट तपाईको बैंकको नाम रोज्नुहोस
१०. "ध्यान दिनुहोस! खाता नम्बर भेरिफाई गर्नुहोस" भनेर देखाइएको मेसेज पढ्नुहोस र त्यसको माथी दायाँपट्टी रहेको X थिचेर बन्द गर्नुहोस
११. खाता नम्बर राख्नुहोस र बैंक खाताको प्रकार रोज्नुहोस । केहि गन्तब्यहरूको लागि, थप जानकारी जस्तै शाखा, स्विफ्ट कोड, राउटिङ नम्बर इत्यादि राख्नु पर्ने हुनसक्छ । नेक्स्ट थिच्नुहोस
१२. तपाईको प्राप्तकर्ताको पूरा नाम, राष्ट्रियता, ठेगाना, शहर/प्रदेश, टेलिफोन नम्बर, सम्बन्ध, पठाउनको कारण र रकमको श्रोत भर्नुहोस र नेक्स्ट थिच्नुहोस
१३. जानकारीहरू जाँच गर्नुहोस र सहि भए, सेभ थिच्नुहोस । सच्च्याउन परे, सम्पादन थिच्नुहोस