[APP]फ्यामिलीमार्ट,लसन,पोप्लरमा स्टेट्मेन्ट प्रिन्ट

2 min. readlast update: 10.17.2023

स्टेप (क) स्टेट्मेन्ट तपाइको स्मार्टफोनमा डाउनलोड गर्नुहोस

  1. ब्रास्टेल रेमिट एप्प खोल्नुहोस र माथी बायाँ कुनामा भएको मेनु आइकन थिच्नुहोस ।
undefined

2. “ट्रान्ज्याक्सन हिस्ट्री” थिच्नुहोस ।

undefined

3. “रेमिटेन्स स्टेट्मेन्ट प्रिन्ट गर्नुहोस” थिच्नुहोस ।

undefined

4. रेकर्ड चाहिने शुरू र अन्तिमको मिति अनि प्राप्तकर्ता रोज्नुहोस । त्यसपछि “अर्को” थिच्नुहोस ।

undefined

5. “प्रिन्ट वा सेयर” थिच्नुहोस ।

undefined

6. तपाईको स्मार्टफोनमा एउटा फोल्डर रोज्नुहोस । आइफोनमा, “सेभ टु फाइलस्” रोजेर “सेभ” थिच्नुहोस । एण्ड्रोइडमा, तपाइको फेभरेट फोल्डर रोज्नुहोस (उदाहरणः “माई फाइलस्” वा “डाउनलोड्स”)।

undefined

स्टेप (ख) युजर नम्बर जारी गर्नुहोस

7. तपाईको इन्टरनेट ब्राउजरमा, यो वेब पेज खोल्नुहोसः

networkprint.ne.jp

8. “युज नन्-मेम्बरसीप” थिच्नुहोस ।

undefined

9.  “आइ अग्री” रोज्नुहोस ।

undefined

10. “सेलेक्ट फाइल्स” थिच्नुहोस ।

undefined

11. “ब्राउज” थिच्नुहोस ।

undefined

12. फोल्डरमा सेभ गरेर राख्नुभएको पिडिएफ फाइल रोज्नुहोस ।

undefined

  1. पेपर साइजमा “A4” रोज्नुहोस ।
undefined

  1. तल स्क्रल गरेर “अपलोड फाइल्स” थिच्नुहोस ।
undefined

  1. एउटा युजर नम्बर जारी हुनेछ ।

महत्वपूर्णः यो नम्बर नोट गर्नुहोस । कन्भिनियन्स स्टोरमा तपाईलाई यो आवश्यक पर्नेछ ।

undefined

यो युजर नम्बरको म्याद ८ दिनमा सकिन्छ । त्यसपछि, यो फाइल स्वतः डिलिट हुन्छ ।

स्टेप (ग) डकुमेन्ट प्रिन्ट गर्नुहोस

  1. कुनै फ्यामिली मार्ट, लसन वा पोप्लर कन्भिनियन्स स्टोरमा जानुहोस र मल्टीकपी मेसिन भएको ठाउँमा जानुहोस ।
undefined

  1. मेसिनको डिस्प्लेमा, माथी दायाँ कुनाको “भाषा” थिच्नुहोस ।
undefined

नोटः कन्भिनियन्स स्टोर अनुसार स्क्रीनहरूको लेआउट फरक हुनसक्छ ।

  1. “अमेरिकन इङ्लिस” रोज्नुहोस ।
undefined

  1. “प्रिन्ट सर्भिस” रोज्नुहोस ।
undefined

20. “नेटवर्क प्रिन्ट” रोज्नुहोस ।

undefined

21. तपाईको युजरनेम राखेर “अर्को” रोज्नुहोस ।

undefined

22. चाहनु भएको कलर मोड रोज्नुहोसः पूरा रङ्गिन वा साधा (कालो र सेतो)

(नोटः एउटा साधा A4 पानालाई ¥२० लाग्छ र एउटा कलर A4 पानालाई ¥६० लाग्छ)

undefined

23. “स्टार्ट प्रिन्ट” थिच्नुहोस । 

undefined

24. “हो” थिच्नुहोस ।

undefined

25. यदि स्क्रीनमा यो आएमा, तपाईले थप सिक्काहरू राख्नुपर्छ (यस्तो अवस्थामा, स्टेप २६ मा जानुहोस)

यदि तपाईले पुग्ने गरी रकम राखिसक्नु भयो भने, स्टेप २७ मा जानुहोस ।

undefined

26. मेसिन स्लटमा सिक्काहरू छिराउनु होस । तपाईले ¥१०, ¥५०, ¥१०० को सिक्काहरू छिराउन सक्नुहुन्छ ।

undefined

27. डकुमेन्ट प्रिन्ट नहुन्जेल पर्खनुहोस ।

undefined

28. प्रिन्टिङ सकिए पछि, “एक्जीट” थिच्नुहोस ।

undefined

29. तपाईको डकुमेन्ट निकाल्नुहोस र फिर्ता रकम लिन (यदि भए) यो बटन थिच्नुहोस ।

undefined

 

 

  

Was this article helpful?